IME Life New

राप्ती हाइड्रोको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले असार १ गतेबाट निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम चुक्तापुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गरेको हो ।

जसअनुसार कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर जारी गरेको छ ।

Crest

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

हकप्रद शेयर जारी गर्न कम्पनीले जेठ ६ गते बुक क्लोज गरेको थियो। यसको अर्थ जेठ ५ गतेसम्म कायम शेयरधनीहरुले यो कम्पनीको हकप्रद शेयर भर्न पाउनेछन्।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS