काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २१ अंकले बढेर २,७६१ को विन्दुमा कायम भएको छ । आज १७९ कम्पनीको शेयर मूल्य बढ्दा ७१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ५ अर्ब ७५ करोड माथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७६ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २३ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २० करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको १७ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


















