काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १५ दशमलव ४६ अंकले घटेर २,७२६ को विन्दुमा कायम भएको छ । आज ३९ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै हिम स्टार ऊर्जा कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । यूनियन हाइड्रोपावरका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका हुन् । एनएमबि हाइब्रिट फन्ड एल २ का इकाईधनीले ३ दशमलव २७ प्रतिशतका दरले कमाएका छन् ।


















