काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १० दशलमव १४ अंकले घटेर २,७०४ को विन्दुमा कायम भएको छ । आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै राप्ती हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले. ९ दशलमव ८६ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्त वित्तीय वित्तीय संस्थाका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ दशलमव ३३ प्रतिशतका दरले कमाएका छन् ।