काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा सामान्य बढेकोे छ। नेप्से परिसूचक ०.३२ अंकले बढेर २८७०.९५ को विन्दुमा बन्द भएको हो।
यो दिन नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। आज अन्य समूह सर्वाधिक ३.३६ प्रतिशतले बढ्दा वित्त समूहमा सर्वाधिक २.२६ प्रतिशतको गिरावट आएको छ।
बजारमा आज १०५ कम्पनीको शेयरभाउ बढेको छ भने १४४ प्रतिशतको घटेको छ। आज बजारमा करिब साढे २१ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- नेपाल पुनर्बीमा कम्पनीः ९८ करोड ५५ लाख रुपैयाँ
- बुटवल पावरः ६४ करोड २७ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ५६ करोड ६७ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ५० करोड रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः ४८ करोड ११ लाख रुपैयाँ
- साहास ऊर्जाः ४६ करोड ६१ लाख रुपैयाँ
- राधी विद्युतः ४५ करोड ७८ लाख रुपैयाँ
- फर्स्ट माइक्रोफाइनान्सः ४३ करोड ३५ लाख रुपैयाँ
- लुम्बिनी विकास बैंकः ३६ करोड २७ लाख रुपैयाँ
- एनआईसी एसिया बैंकः ३१ करोड ७६ लाख रुपैयाँ

















