काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक २.६२ अंकले बढेको २७८८.३६ को विन्दुमा उक्लिएको छ।
यो दिन नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भन ८ वटा घटेका छन्। आज अन्य समूह सर्वाधिक १.८० प्रतिशतले बढ्दा बैंकिङमा समूह सर्वाधिक ०.५५ प्रतिशतको गिरावट देखिएको छ।
आज बजारमा १०८ कम्पनीको शेयरभाउ बढेको छ भने १४१ वटाको घटेको छ। यो दिन करिब साढे ७ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- नेपाल पुनर्बीमा कम्पनीः ४७ करोड १७ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ४१ करोड ७७ लाख रुपैयाँ
- बलेफी हाइड्रोपावरः ३६ करोड ८४ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः २२ करोड ६५ लाख रुपैयाँ
- शिवम सिमेन्टः २१ करोड ४९ लाख रुपैयाँ
- राधी विद्युतः २० करोड ८७ लाख रुपैयाँ
- बुटवल पावर कम्पनीः २० करोड ७० लाख रुपैयाँ
- नेपाल रिपब्लिक मिडियाः १९ करोड ८१ लाख रुपैयाँ
- हिमालयन डिस्टिलरीः १८ करोड १५ लाख रुपैयाँ

















