काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार सामान्य अंकले उकालो लागेको छ। नेप्से परिसूचक ३.७६ अंकले बढेर २९८२.६४ को विन्दुमा पुगेको छ।
सामान्य बढेको बजारमा आज नेप्से उपसमूहमा ५ वटा समूह बढेका छन् ८ वटा समूह घटेको छ। यो दिन जलविद्युत समूह सर्वाधिक २ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ०.७६ प्रतिशतले घटेको छ।
यो दिन बजारमा १२३ कम्पनीको शेयरभाउ बढेको छ भने १२७ कम्पनीको शेयरभाउ घटेको छ।
बजारमा आज करिब साढे १८ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- राधी विद्युतः ७७ करोड २१ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ७१ करोड ९१ लाख रुपैयाँ
- ग्रीन भेन्चर्सः ६६ करोड २८ लाख रुपैयाँ
- लुम्बिनी विकास बैंकः ५४ करोड ६५ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ५१ करो ३० लाख रुपैयाँ
- नेपाल पुनर्बीमा कम्पनीः ४८ करोड ३२ लाख रुपैयाँ
- बुटवल पावरः ४७ करोड १६ लाख रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः ४२ करोड २९ लाख रुपैयाँ
- शिवम सिमेन्टः ३८ करोड ६४ लाख रुपैयाँ
- सिंगटी हाइड्रोः ३ करोड ४६ लाख रुपैयाँ

















