काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक ९.०८ अंकले घटेर २६५५.३८ मा बन्द भएको हो।
बजार घट्दा नेप्से उपसमूमा रहेका ४ वटा समूह बढेका छन् भने बाँकी ९ वटा घटेका छन्। यो दिन होटल तथा पर्यटन समूह सर्वाधिक २.१४ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक १.०९ प्रतिशतले घटेको छ।
यो दिन बजारमा ९९ कम्पनीको शेयरभाउ बढेको छ भने १४९ वटाको घटेको छ। बजारमा आज साढे १२ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- ङादी ग्रुप पावरः १ अर्ब ८ करोड १४ लाख रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः ७५ करोड ३८ लाख रुपैयाँ
- राधी विद्युतः ५४ करोड ४१ लाख रुपैयाँ
- युनिभर्सल पावरः ४८ करोड ८८ लाख रुपैयाँ
- बुटवल पावरः ४६ करोड ९० लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ४० करोड १९ लाख रुपैयाँ
- अरुण काबेली पावरः ३६ करोड ९१ लाख रुपैयाँ
- चिलिमे जलविद्युतः ३० करोड ६५ लाख रुपैयाँ
- अरुण भ्याली हाइड्रोपावरः २८ करोड ९० लाख रुपैयाँ
- सिनर्जी पावरः २८ करोड १२ लाख रुपैयाँ

















