काठमाडौं । शेयर बजार सोमबार पनि दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १०.१४ अंकले घटेर २७०४.७० को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। आज म्युचुअल फन्ड समूह स्थिर रहँदा उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.४४ प्रतिशतले बढेको छ भने व्यापार समूह सर्वाधिक ३.३८ प्रतिशतले घटेको छ।
आज बजारमा ८५ वटा कम्पनीको शेयरभाउ बढेको छ भने १४५ वटाको घटेको छ। यो दिन १३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज करिब साढे ५ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- हिमालयन रिइन्स्योरेन्सः ४३ करोड ९३ लाख रुपैयाँ
- नेपाल पुनर्बीमा कम्पनीः ३० करोड ७४ लाख रुपैयाँ
- महालक्ष्मी विकास बैंकः २२ करोड ३५ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः २० करोड ५९ लाख रुपैयाँ
- सीईडीबी होल्डिङ्सः १८ करोड रुपैयाँ
- घलेम्दी हाइड्रोपावरः १६ करोड ८३ लाख रुपैयाँ
- नारायणी डेभलपमेन्ट बैंकः १५ करोड ६ लाख रुपैयाँ
- गार्डियन माइक्रो लाइफः १३ करोड २२ लाख रुपैयाँ
- युनाइटेड मोदी हाइड्रोपावरः ११ करोड ४१ लाख रुपैयाँ
- एलआईसी नेपालः १० करोड ५२ लाख रुपैयाँ