काठमाडौं । शेयर बजारमा सोमबार सुधार देखिएको छ। नेप्से परिसूचक ९.१६ अंकले बढेर २७७०.३९ को विन्दुमा बन्द भएको छ।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका ११ वटा समूह बढेका छन् भने २ वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक १.२९ प्रतिशतले अन्य समूह सर्वाधिक ०.५८ प्रतिशतले घटेको छ।
आज बजारमा १७५ कम्पनीको शेयरभाउ बढेको छ भने ७४ कम्पनीको घटेको छ। यो दिन बजारमा ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- नेपाल पुनर्बीमा कम्पनीः २१ करोड ७५ लाख रुपैयाँ
- बुटवल पावर कम्पनीः २० करोड ९५ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः १८ करोड ७५ लाख रुपैयाँ
- कालिका पावर कम्पनीः १८ करोड ५ लाख रुपैयाँ
- हिमालयन डिस्टिलरीः १७ करोड ६६ लाख रुपैयाँ
- पञ्चकन्या माई हाइड्रोपावरः १७ करोड १६ लाख रुपैयाँ
- नेपाल रिपब्लिक मिडियाः १५ करोड ९४ लाख रुपैयाँ
- युनाइटेड मोदी हाइड्रोपावरः १५ करोड ५७ लाख रुपैयाँ
- लिबर्टी इनर्जीः १५ करोड ७ लाख रुपैयाँ
- शिवम सिमेन्टः १४ करोड १४ लाख रुपैयाँ

















