IME Life New

खराब कर्जा झनै बढ्दा बैंकहरुमा चुलिँदै गैरबैंकिङ सम्पत्तिको आकार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ क्षेत्रमा देखिएको सुस्तता अझै सुधार हुन सकेको छैन। निजी क्षेत्रले कर्जाको माग नबढाउँदा बैंकिङ क्षेत्रमा थप दबाब सिर्जना भइरहेको छ।

बैंकहरुको ब्याजदर न्यून विन्दुमा पुगिसकेको छ। यद्यापि पुरानो कर्जा असुलीले तीव्रता नपाउनु र थप कर्जा प्रवाहले गति लिन नसक्दा बैंकिङ क्षेत्रमा दबाब परेको छ।

Crest

बैंकहरुमा निक्षेप बढ्दो क्रममा रहेको छ। अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार बैंकिङ प्रणालीबाट पैसा खिचिरहेको छ। बैंकहरु पनि बाध्य भएर न्यून ब्याजदरमा केन्द्रीय बैंकमा पैसा राखिरहेका छन्।

कर्जा विस्तार हुन नसक्दा बैंकहरुको लागत बढिरहेको छ भने पुरानो कर्जा असुलीमा सकस हुँदा बैंकहरुमा गैरबैंकिङ सम्पत्ति थुप्रिन लागेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्म वाणिज्य बैंकहरुको औसत खराब कर्जा (एनपीएल) ५.०५ प्रतिशत रहेको छ। वाणिज्य बैंकहरुमा ३८ अर्ब ४१ करोड १० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ। यो गत असार मसान्तको तुलनामा ८ अर्ब २३ करोड ५० रुपैयाँले बढी हो। गत असार मसान्तसम्म वाणिज्य बैंकहरुमा ३० अर्ब १७ करोड ६० लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति रहेको थियो।

यसैगरी चालु आर्थिक वर्षको चैत मसान्तसम्म विकास बैंकहरुको औसत एनपीएल ५.५६ प्रतिशत रहेको छ। विकास बैंकहरुमा यो वर्ष पुससम्म ३ अर्ब ७२ करोड ५० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ। गत असार मसान्तसम्म विकास बैंकहरुमा ३ अर्ब ३६ करोड ९० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ।

उता फाइनान्स कम्पनीहरुको एनपीएल चालु आर्थिक वर्षको चैत मसान्तसम्म बढेर १३.०४ प्रतिशत पुगेको छ। पुससम्म फाइनान्स कम्पनीको गैरबैंकिङ सम्पत्ति २ अर्ब ६७ करोड ८० लाख रुपैयाँबराबरको रहेको छ। गत असार मसान्तसम्म गैरबैंकिङ सम्पत्ति १ अर्ब ९६ करोड ४० लाख रुपैयाँबराबरको थियो।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म समग्र बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ५.२४ प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थाहरुको कुल ४४ अर्ब ८० करोड ६० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ। गत असार मसान्तसम्म ३५ अर्ब ५० करोड ९० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ। पछिल्लो ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरुमा थप ९ अर्ब २९ करोड ७० लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS