काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेको हो । यससँगै आज सुन तोलामा २ लाख २२ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ तोलामा २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ ५५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २७ सय ४० रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो ।
हिजो चाँदीको भाउ प्रतितोला २६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

















