काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको हो । यससँगै आज सुन तोलामा २ लाख १६ हजार रुपैयाँ कायम भएको छ ।
हिजो सुनको भाउ तोलामा २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ ६० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २५ सय ८० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ प्रतितोला २५ सय २० रुपैयाँमा कारोबार भएको थियो।

















