काठमाडौं । नेपाली बजारमा आज पनि सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९३ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ १ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेको छ । यससँगै चाँदी आज तोलामा २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तोलामा चाँदी २ हजार ४५ रुपैयाँ कायम भएको थियो।

















