काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १९ सय रुपैयाँले घटेको हो । आज सुन तोलामा २ लाख ४२ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेको हो । आज चाँदी तोलामा ३१ सय १५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३१ सय ३५ सय रुपैयाँमा किनबेच भएको थियो।

















