IME Life New

सञ्चय कोषबाट घातक रोगको उपचार खर्च लिनेको संख्या ह्वात्तै बढ्यो, रू. १९ करोड वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्मचारी सञ्चय कोषबाट सामाजिक सुरक्षावापत घातक रोगको उपचारका लागि रकम लिने योगदानकर्ताको संख्या उल्लेख्य बढेको छ।

कोषका अनुसार, अघिल्लो आर्थिक वर्ष २०८०।८१ को तुलनामा गत आर्थिक वर्षमा घातक रोगको उपचारका लागि रकम प्राप्त गर्ने सञ्चयकर्ताको संख्या झण्डै २२ प्रतिशत बढेर १ हजार ३९६ पुगेको छ। गत आवमा कोषबाट सञ्चयकर्ताले १९ करोड २७ लाख रूपैयाँ भुक्तानी लिएका छन् । अघिल्लो आर्थिक वर्षमा घातक रोगका लागि ११ सय ४६ जना सञ्चयकर्तालाई १७ करोड ४८ लाख रूपैयाँ वितरण गरेको थियो ।

Esewa
Crest

कोषका अनुसार, घातक रोगको उपचारका लागि सञ्चयकर्ताको पति, पत्नी समेतलाई सेवा अवधि भरमा १० लाख रुपैयाँमा नबढ्ने गरी दाबी गरेको खर्च रकमसम्म रुपैयाँसम्म सोधभर्ना दिने व्यवस्था छ । मुटु रोग, क्यान्सर, मृगाैला सम्बन्धि,फोक्सो सम्बन्धि,रगत सम्बन्धि लगायतका क्यान्सरको उपचारका लागि कोषले सञ्चयकर्तालाइ यो रकम उपलब्ध गराउँछ।

कोषले गत आर्थिक वर्ष २०८१।८२ मा २५ हजार ३५५ सञ्चयकर्तालाई ५५ करोड ८५ लाख रूपैयाभन्दा बढी रकम सामाजिक सुरक्षावापत वितरण गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा कोषले कुल २६ हजार ७४ जना सञ्चयकर्तालाई करिब ५४ करोड २५ लाख रूपैयाँ रकम सामाजिक सुरक्षावापत वितरण गरेको थियो ।

कोषका अनुसार, सञ्चयकर्ता स्वास्थ्योपचार सुविधा अन्तर्गत साधारण रोग तर्फका ३ हजार ९५९ सञ्चयकर्ताले १४ करोड ७० लाख रूपैयाँ सहयोग राशी पाएका छन् । अघिल्लो वर्ष कोषले यस्तो सुविधा अन्तर्गत साधारण रोगतर्फ ४५ सय ९० सञ्चयकतालाई १७ करोड १५ लाख रूपैयाँ वितरण गरेको थियो।

गत वर्ष सुत्केरी तथा शिशु स्याहार सुविधा अन्तर्गत १९ हजार ११० जनालाई १४ करोड ३३ लाख रूपैयाँ उपलब्ध गराएको छ। अघिल्लो वर्ष सञ्चयकर्ताले सुत्केरी तथा शिशु स्याहार सुविधा अन्तर्गत १९ हजार ५ सय २५ जनालाई १४ करोड ६४ लाख ३६ हजार रूपैयाँ पाएका थिए।

काजकिरिया अनुदान योजनामा ६०५ जनाका आश्रित परिवारलाई २ करोड ४२ लाख रूपैयाँ र दुर्घटना क्षतिपूर्ति सुविधा अन्तर्गत १७० जनालाई ३ करोड ४० लाख रूपैयाँ भुक्तानी पाएका छन् । काजकिरिया अनुदान सुविधा ७०६ जनाका आश्रित परिवारलाई २ करोड ८२ लाख ३० हजार र दुर्घटना क्षतिपूर्ति सुविधा अन्तर्गत १०७ जनालाई २ करोड १४ लाख प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS