काठमाडौं । भन्सार एजेन्टको मागका विषमा अर्थ मन्त्रालयलाई अवगत गराइने भएको छ।
भन्सार विभागले एक विज्ञप्ति जारी गर्दै यस विषयमा अर्थ मन्त्रालयमा जानकारी गराइने जनाएको हो। भन्सार महासंघ एजेन्टबाट प्राप्त पत्रका आधारमा विभिन्न मागका विषयमा अर्थ मन्त्रालयलाई जानकारी गराइने विभागले जनाएको छ।
महासंघले व्यवस्थापन सुधार गर्ने र नियमावलीमा संशोधन गर्नुपर्ने माग गरेको छ।

















