काठमाडौं । आज पनि शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार १४ दशलमव ८८ अंकले घटेर २,६८२ को विन्दुमा कायम भएको छ । आज ५३ कम्पनीको शेयर मूल्य घटेको छ भने १८३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३११ कम्पनीको ९५ करोड ८३ लाख ८२९ कित्ता शेयर किनबेच हुँदा ५१ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । यस कम्पनीको २९ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २३ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीले १७ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ३९ प्रतिशतका दरले कमाएका छन् । गरिमा समृद्धि योजनाका इकाईधनीले ७ दशमलव ६९ प्रतिशतका दरले कमाएका छन् । भुगोल इनर्जीका लगानीकर्ताले ७ दशलमव ३५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९ दशलमव २० प्रतिशतका दरले गुमाएका छन् ।