IME Life New

साताको अन्तिम दिन पनि बढ्यो बजार, कारोबार रकम ६ अर्ब ६२ करोड

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको अन्तिम दिन पनि शेयर बजार बढेर बन्द भएको छ । आइतबारबाट बढेको बजार साताको अन्तिम दिन आज बिहीबारसम्म पनि बढवालाई नै निरन्तरता दिएर बन्द भएको हो । आज नेप्से परिसूचक १० दशमलव ४३ अंकले बढेर २,६७६ को विन्दुमा कायम भएको छ । आज १३१ कम्पनीको शेयर मूल्य बढेको छ भने १२१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३३३ कम्पनीको १ करोड ४६ लाख ९३ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६२ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४० करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको १६ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १५ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै सागर डिष्टिलरीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । स्वस्तिक लघुवित्तका लगानकिर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । झापा इनर्जी र श्रीनगरका लगानीकर्ताले पनि ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै हिम स्टार ऊर्जाका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ७ दशमलव ७८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS