IME Life New

दशैँ अघिको अन्तिम कारोबारमा बढ्यो बजार, कारोबार रकम करिब ३ अर्ब

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज दशैँ अघिको अन्तिम कारोबारमा शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ११ दशमलव ५१ अंकले बढेर २,६६३ को विन्दुमा कायम भएको छ । आज १७० कम्पनीको शेयर मूल्य बढेको छ भने ६९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१४ कम्पनीको ७५ लाख ११ हजार १९३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९३ करोड माथिको शेयर कारोबार भएको हो ।

आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ११ करोड माथिको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ८ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै ग्लोबल आइएमई सम्मुनत योजना २ का इकाईधनीले कमाएका छन् । आज यसका यकाईधनीले १० प्रतिशतका दरले कमाएका हुन् । भगवति हाइड्रोपावरका लगानीकर्ताले ७ दशमलव ७८ प्रतिशतका दरले कमाएका हुन् । यूनियन हाइड्रोपावरका लगानीकर्ताले ५ दशलमव ३३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS