काठमाडौं। नेप्से परिसूचक आइतबार २६००.२२ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक ३९.९२ अंकले बढेको छ।
आज बजार बन्द हुँदाको मूल्य र दिनको उच्च विन्दु एकै भएकोले बजार इन्ट्राडे हाईमा बन्द भएको हो। यसको अर्थ लगानीकर्ता बजार बन्द हुँदा निकै आशावादी भएको बुझिन्छ।
बजारमा ६ अर्ब २८ करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट १ अर्ब ५३ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ७६ करोड २८ लाख रुपैयाँको खरिद र ७६ करोड ९६ लाख रुपैयाँको बिक्री छ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४५ बाट २४ करोड ६५ लाख रुपैयाँको खरिद भएको छ भने १८ करोड ४२ लाख रुपैयाँको बिक्री छ।
आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ ब्रोकरले बिक्री धेरै गरेका छन्।

















