IME Life New

दुई पुनर्बीमकको लगानी रु. ३६.४५ अर्ब माथि, मुद्दति निक्षेपसँगै शेयर र अरु क्षेत्रमा कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पुनर्बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्म विभिन्न क्षेत्रमा ३६ अर्ब ४५ रुपैयाँ माथि लगानी गरेको देखिएको छ।

हाल दुईवटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन्। एउटा सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) र अर्को निजी क्षेत्रबाट प्रवर्द्र्धित हिमालयन रिइन्स्योरेन्स कम्पनी (हिमालयन रि) रहेका छन्।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार यी दुवै रिइन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको चैतसम्म विभिन्न क्षेत्रमा ३६ अर्ब ४५ करोड ८८ लाख रुपैयाँ लगानी गरेका छन्। जसअनुसार नेपाल रिको १८ अर्ब ७ करोड २० लाख रुपैयाँ र हिमालयन रिको १८ अर्ब ३८ करोड ६८ लाख रुपैयाँ लगानी रहेको छ। यी दुवै पुनर्बीमा कम्पनीको लगानीको ठूलो हिस्सा बैंकहरुको मुद्दति निक्षेपमा देखिएको छ।

बैंकहरुको मुद्दति निक्षेपमा नेपाल रिको कुल १४ अर्ब १२ करोड ८३ लाख रुपैयाँ रहेको छ। जसअनुसार नेपाल रिले वाणिज्य बैंकमा १२ अर्ब ८९ करोड ३३ लाख रुपैयाँ, पूर्वाधार बैंकमा २६ करोड रुपैयाँ, विकास बैंकमा ८५ करोड रुपैयाँ र वित्त कम्पनीमा १२ करोड ५० रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी रहेको छ।

नेपाल रिले सूचीकृत पब्लिक कम्पनीको शेयरमा ६९ करोड १२ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा १ अर्ब ५४ करोड ६२ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ५६ करोड ४७ लाख रुपैयाँ, सूचीकृत नभएका पब्लिक कम्पनीको शेयरमा ५४ करोड १५ लाख रुपैयाँ र अन्य लगानीमा ६० करोड रुपैयाँ रहेको छ।

उता हिमालयन रिले बैंकहरुको मुद्दति निक्षेपमा कुल ११ अर्ब ८९ करोड १२ लाख रुपैयाँ लगानी गरेको छ। यो सबै पैसा वाणिज्य बैंकहरुमा रहेको छ।

यसैगरी हिमालयन रिले सूचीकृत पब्लिक कम्पनीको शेयरमा ४ अर्ब २३ करोड ३ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा १० करोड रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ८८ करोड ५३ लाख रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीको शेयरमा १ अर्ब ५ करोड रुपैयाँ, अन्य संस्थापक शेयरमा २२ करोड ५० लाख रुपैयाँ र अन्य क्षेत्रमा ४७ लाख रुपैयाँ लगानी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS