IME Life New

बीमाको रु. ५ करोड हडप्न युवकको हत्या, श्रीमती बनेर पैसा लिन जाँदा खुल्यो पोल

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतको कर्नाटकस्थित होस्पेटमा एउटा गिरोहले एक पक्षाघाती युवकको जीवन बीमाको पैसा लिनका लागि हत्या गरेको खुलासा भएको छ। हत्यालाई दुर्घटनाजस्तो देखाउन गिरोहका सदस्यले ती युवकको शवलाई दुईपांग्रे सवारीसाधनमा राखे र त्यसपछि कारले ठक्कर दिएका थिए।

यो गिरोहलाई पहिले नै थाहा थियो कि पक्षाघाती युवक विवाहित हो र उसको ५ करोड भारतीय रुपैयाँभन्दा बढीको जीवन बीमा पोलिसी छ। ती युवकको मृत्युपछि गिरोहका सदस्यमध्ये एकलाई उनको श्रीमतीका रुपमा प्रस्तुत गरेर बीमाको पैसा हड्प्ने प्रयास गरेका थिए।

Crest

बीमा रकमको लोभमा युवकको हत्या

प्रहरीका अनुसार ६ सदस्यीय गिरोहले थाहा पायो कि सहरको कोलपेटनिवासी ३४ वर्षीय गंगाधरको ५ करोड २० भारतीय रुपैयाँको जीवन बीमा पोलिसी छ र त्यो पैसा हडप्ने उपाय खोज्न थाले। उनीहरुले गंगाधरको हत्या गरे र त्यसपछि उनको शव सहरको बाहिरी भागमा लगे। जहाँ उनीहरुले ती युवकको शवलाई दुईपांग्रे सवारीसाधनमा राखे र त्यसपछि बीमा कम्पनीलाई उनको मृत्यु दुर्घटनामा भएको विश्वास दिलाउन कारले ठक्कर दिए।

गिरोहकी एक महिला सदस्य गंगाधरकी श्रीमतीका रुपमा प्रस्तुत भइन् र बीमाको पैसा पाउन बीमा कम्पनीमा दाबी दायर गरिन्।

हत्यालाई दुर्घटनाका रुपमा प्रस्तुत गर्न खोज्दा पक्राउ

विजयनगरका प्रहरीउपरीक्षक एस. जान्हवीले भने, ‘सेप्टेम्बर २८ मा बिहान ५ः३० बजे हामीलाई हिट–एन्ड–रन केसका बारेमा जानकारी प्राप्त भयो। हामीलाई भनियो कि सन्दुर रोडमा एउटा शव फेला परेको छ। हामी घटनास्थलमा गयौँ र सबै प्रक्रिया पालना गरेर शव उठायौँ।’

ती युवकाको पहिचान पुष्टि भएपछि उनकी श्रीमती होस्पेटको कौलपेट निवासी शारदाम्मालाई प्रहरीचौकीमा बोलाइयो। जहाँ उनले उजुरी दर्ता गरिन्।

श्रीमतीको बयानले हत्याको रहस्य उजागर

प्रहरीउपरीक्षक जान्हवीले भने, ‘मृतककी श्रीमतीले उनको र गंगाधरको विवाह ६ वर्ष भइसकेको र गंगाधरलाई ३ वर्षअघि स्ट्रोक भएको बताइन्। त्यसपछि गंगाधरको शरीरको बायाँ भागले काम गर्न छोडेको थियो।’

जान्हवीका अनुसार गंगाधरसँग दुईपांग्रे सवारीसाधन पनि थिएन। ‘यसले हिट–एन्ड–रन मुद्दाका बारेमा शंका उत्पन्न गरायो’, उनले भने।

गिरोहका सबै ६ सदस्य पक्राउ

प्रहरीउपरीक्षक जान्हवीका अनुसार गंगाधरकी श्रीमतीको उजुरी दर्ता भएको २४ घन्टाभित्र मुद्दा समाधान भएको छ। ‘गिरोहका सबै ६ जना सदस्यलाई पक्राउ परिसकेका छन्’, उनले भने, ‘त्यस मृतकको श्रीमती भएको दाबी गर्ने हुलिगेम्मा पनि समावेश छिन्।’

हत्यामा प्रयोग गरिएका कार र दुईपांग्रे सवारीसाधन पनि जफत गरिएको जान्हवीले जानकारी दिए। ‘घटनाको थप अनुसन्धान भइरहेको छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS