काठमाडौं । सरकारले नेपाली बीमा कम्पनीहरुले बीमांकको कम्तीमा २० प्रतिशत पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)बाट गराउनुपर्ने व्यवस्था गरिने घोषणा गरेको छ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाली बीमा कम्पनीहरुले बीमांकको कम्तीमा २० प्रतिशत पुनर्बीमा नेपाल रिबाट गराउनुपर्ने व्यवस्था गरिने घोषणा गरेका हुन्। ‘दीर्घकालीन प्रकृतिबाट हुने व्यवस्था गर्नेछौँ’, उनले भने, ‘जोखिम न्यूनीकरणका लागि पुनर्बीमाको निश्चित हिस्सा विदेशी पुनर्बीमा कम्पनीसँग गराउने व्यवस्था मिलाउनेछौँ।’
यसैगरी सामाजिक सुरक्षा कोषले सञ्चालन गर्ने सुरक्षण कार्यक्रमको पुनर्बीमा पनि नेपाल रिमार्फत नै गर्ने व्यवस्था मिलाइने अर्थमन्त्री वाग्लेले जानकारी दिए।












