IME Life New

निर्जीवन बीमा कम्पनीहरुको व्यापार १४ प्रतिशतले बढ्यो, कुनले कति गरे खुद बीमाशुल्क आर्जन ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८२ /८३ को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुको व्यापार १४ प्रतिशतले बढेको छ । यस समीक्षा अवधि अर्थात असो मसान्तसम्ममा कम्पनीहरुले ३ अर्ब ६५ करोड ४० लाख १९ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीहरुले ३ अर्ब २० करोड १७ लाख ४४ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका थिए ।

यस समीक्षा अवधिमा तीन कम्पनीको खुद बीमाशुल्क अघिल्लो वर्षको यसै अवधिको तुलनामा घटेको छ । यस अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको खुद बीमाशुल्क घटेको हो ।

Crest

यस समीक्षा अवधिमा सबैभन्दा धेरै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले खुद बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ६२ करोड ४१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको हो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क १० प्रतिशतले बढी हो ।

दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ६२ करोड ११ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क ९९ प्रतिशतले बढेको हो ।

नेको इन्स्योरेन्स कम्पनीले यस अवधिमा २९ करोड ५४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क ३ प्रतिशतले बढी हो । शिखर इन्स्योरेन्स कम्पनीले यस अवधिमा २९ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क ३ प्रतिशतले बढी हो ।

ओरिएन्टल इन्स्योरेन्स कम्पनीले यस अवधिमा २८ करोड ८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क ४४ प्रतिशतले बढी हो । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले यस अवधिमा २४ करोड ५५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क २७ प्रतिशतले बढी हो ।

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले यस अवधिमा २४ करोड १२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क ७ प्रतिशतले बढी हो । नेपाल इन्स्योरेन्स कम्पनीले यस अवधिमा २० करोड ७९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क ५२ प्रतिशतले बढी हो ।

एनएलजी इन्स्योरेन्स कम्पनीले यस अवधिमा १७ करोड ५७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क ३० प्रतिशतले बढी हो । प्रभु इन्स्योरेन्स कम्पनीले यस अवधिमा १२ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क १ प्रतिशतले बढी हो । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले यस अवधिमा ११ करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क ३ दशमलव ३९ प्रतिशतले बढी हो ।

खुद बीमाशुल्क घटेका कम्पनी
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले यस अवधिमा ३० करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क १० दशमलव ९८ प्रतिशतले घटेको हो ।

नेशनल इनस्योरेन्सले यस अवधिमा ९ अर्ब १४ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद व्यापार १७ प्रतिशतले घटेको हो ।

राष्ट्रिय बीमा कम्पनीले यस अवधिमा ३ अर्ब ८० करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १८ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क ७९ प्रतिशतले घटेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS