IME Life New

अर्थ मन्त्रालयमा बसेको सेबोनको बोर्ड बैठकमा ३ विकल्पमाथि छलफल, के-के छन् ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सेवासुविधा कटौतीका विषयमा असन्तुष्टि जनाउँदै नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीले थालेको आन्दोलन आज ४४ दिन पुगेको छ।

गत असोज २ गते अर्थ मन्त्रालयबाट सेबोनलाई लेखिएको पत्रपछि कर्मचारीहरु आन्दोलनरत छन्। सेबोनको सञ्चालक समितिले जारी गरेको कार्यविधि खारेज गर्ने राजस्व सचिवस्तरीय निर्णय अविलम्ब फिर्ता लिई सेबोनको स्वयात्तता अक्षुण्ण राख्न कर्मचारीहरुले माग गरेका छन्।

Crest

आन्दोलनरत कर्मचारीहरुले पेन डाउन गरेपछि सेबोनको सबै कामकारबाही ठप्प छ। कर्मचारीले पछिल्लो समय अध्यक्ष सन्तोष नारायण श्रेष्ठको राजीनामा माग गर्नुका साथै उनलाई कार्यालय प्रवेशमा रोक लगाएका छन्।

कर्मचारीले आन्दोलन जारी राखेपछि सेबोन सञ्चालक समिति (बोर्ड)को बैठक पनि बस्न सकेको थिएन। कर्मचारीको आन्दोलनको विषयमा मंगलबार अर्थ मन्त्रालयमा सेबोनको बोर्ड बैठक बसेको थियो।

बैठकमा मुख्यगरी ३ वटा विकल्पमा छलफल भएको सेबोनका एक सञ्चालकले जानकारी दिए। ‘पहिलो अर्थ मन्त्रालयको निर्णय कार्यान्वयन गरेर अगाडि बढ्ने विषयमा छलफल भयो’, ती सञ्चालकले भने, ‘दोस्रो भनेको अर्थ मन्त्रालयको निर्णय परिमार्जन गर्न पहल गर्ने विषयमा पनि छलफल भएको छ।’

ती सञ्चालकका अनुसार यी दुवै विकल्पमा नजाने हो भने सेबोन अध्यक्षलाई अर्थ मन्त्रालयको निर्णयका विषयमा कानुनी उपचार खोज्न अदालत जान अख्तियारी दिने विषयमा पनि छलफल भएको छ। ‘३ वटा विकल्पमा छलफल भए पनि बैठक निष्कर्षविहीन भएर टुंगियो’, ती सञ्चालकले भने, ‘अब १–२ दिनभित्र फेरि अर्को बैठक बसेर टुंगो लगाउने सहमति बनेको छ।’

अर्थ मन्त्रालयमा बसेको बैठकमा सहभागी हुन सेबोनका अध्यक्ष श्रेष्ठले कार्यकारी निर्देशकहरुलाई पनि बोलाएका थिए। तर, सञ्चालकहरुले बोर्ड बैठक भएकोले कार्यकारी निर्देशकहरु बस्नु नपर्ने जनाएका थिए। त्यसपछि अर्थ मन्त्रालय पुगेका कार्यकारी निर्देशकहरु फर्किएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS