काठमाडौं । नेपाल बीमा प्राधिकरणको सूचना अधिकारी फेरिएका छन् । प्राधिकरणका उप निर्देशक पूर्ण बहादुर थापालाई सूचना अधिकारीको जिम्मेवारी दिइएको छ।
यसअघिका सूचना अधिकारी, निर्मल अधिकारीको पद्दोन्नतीसँगै जिम्मेवारी फेरिएपछि थापाले सूचना अधिकारीको जिम्मेवारी पाएका हुन् । थापा, यसअघि लुम्बिनी प्रदेश कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका थिए ।
यसैगरी गुनासो सुन्ने अधिकारी पनि फेरिएका छन्। प्राधिकरणले गुनासो सुन्ने अधिकारीको जिम्मेवारी उपनिर्देशक रञ्जिता केसीलाई दिएको छ। सहायक गुनासो सुन्ने अधिकारीको जिम्मेवारीमा सहायक निर्देशक निखिल डंगोलले पाएका छन् ।