IME Life New

टेस्लाले रोक्यो चीनमा विद्युतीय कारको नयाँ अर्डर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वकै धनीव्यक्ति एलन मस्कको कम्पनी टेस्लाले चीनमा विद्युतीय कारको नयाँ अर्डरमा रोक लगाएको छ।

चीनमा मोडल एस र मोडल एक्सको नयाँ अर्डरमा टेस्लाले रोक लगाएको हो। चिनियाँ वेबसाइट विच्याट मिनी प्रोग्राममार्फत चीनमा टेस्ला कारको आपूर्ति हुँदै आएको थियो।

Esewa
Crest

टेस्लाले रोक लगाएपछि अहिले चिनियाँ वेबसाइटमा ती दुई मोडलको कारको अर्डर हटाइएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफका कारण यी दुई ठूला अर्थतन्त्रमा अहिले व्यापार युद्ध सुरु हुन थालेको छ।

टेस्लाका यी दुवै मोडल अमेरिका निर्माण गरेर चीनमा निर्यात हुँदै आएको थियो। अब यी दुवै मोडल चिनियाँ वेबसाइटबाट हटाइएको छ।

चीनमा विद्युतीय कार निर्यातमा लगाइएको रोकका विषयमा टेस्लाले आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन। यो कदम चाल्नुको कारणबारे पनि कम्पनीले खुलाएको छैन।

ट्रम्पले चिनियाँ सामान ट्यारिफ बढाएर १४५ प्रतिशत पुर्याएपछि चीनले पनि प्रतिक्रियास्वरुप अमेरिकाबाट आउने सामान १२५ प्रतिशत ट्यारिफ लगाएको छ। चीनले यो ट्यारिफले टेस्लाको कारण ग्राहकका लागि झनै महँगो हुन सक्ने देखिएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS