काठमाडौं । भारतको दोस्रो ठूलो कार निर्माता कम्पनी टाटा मोटर्स प्यासेन्जर भेहिकलले कारको मूल्य बढाउने घोषणा गरेको छ। कम्पनीले आउँदो जुलाई १ देखि आफ्ना सवारीसाधनको मूल्य बढाउने निर्णय गरेको हो।
कम्पनीले पेट्रोल, डिजेल, सीएनजी र ईभीलगायत सबै खण्डका सवारीसाधनलाई असर गर्नेछ। कम्पनीले आफ्ना कारको मूल्य १.५ प्रतिशतसम्म बढ्ने जनाएको छ।
कम्पनीले यो वृद्धिको पछाडि बढ्दो इनपुट लागतका कारण रहेको जनाएको छ। टाटा मोटर्सका अनुसार बढ्दो इनपुट लागत र मुद्रास्फीतिको दबाब कम गर्न यो मूल्य परिवर्तन गरिएको हो। यद्यपि, कम्पनीले यी बढेको लागतको एउटा महत्वपूर्ण भाग वहन गरिरहेको छ। तर, यसको केही प्रभाव यस परिवर्तनमार्फत ग्राहकलाई हस्तान्तरण गरिएको छ।’
कम्पनीले नयाँ कारको मूल्य खुलासा गरेको छैन। ब्रान्डले आफ्नो मूल्य प्रस्ताव कायम राख्न सबै मोडेल र भेरियन्टमा छुट्टाछुट्टै मूल्य वृद्धि गरिने जनाएको छ। –एजेन्सी












