IME Life New

आजसम्म शेयर किन्नेले सिनर्जी पावर र कुथेली बुखरीको प्रस्तावित लाभांश पाउने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट र कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुई कम्पनीले लाभांश र सभा प्रयोजनार्थका लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । यसको अर्थ आजसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश छन्। यो लाभांश पारित गर्न कम्पनीले यही पुस २८ गते १९ औँ वार्षिक साधारणसभा डाकेको छ। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सोही सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। यसका लागि नियमनकारी निकायहरुबाट कुनै रायसुझाव वा निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिको अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले १ महिलासहित ४ जना सञ्चालकको निर्वाचन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको नियुक्ति स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

कुथेली बुखरी स्मलले पुस २९ गते, मंगलबार, चौधौँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा काठमाडौँ बैङ्क्वेट, प्रालि थापागाउँ, नयाँ बानेश्वरमा दिउँसो साढे २ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विषेश प्रस्ताव पारित गर्नेछ।

साथै सभाले बैंक वित्तीय संस्थाबाट थप ऋण लिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS