काठमाडौं । राजधानीमा जारी ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको ४५ वर्षमाथि भेट्रान्स सिंगल्समा सूर्यज्योति लाइफको ब्राण्डिङ तथा कमुनिकेशन विभाग प्रमुख मेघेन्द्र प्रकाश गिरी क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा मेघेन्द्रले समदु लामालाई सुपर टाइब्रेकरमा पराजित गर्दै अन्तिम ८ क्वाटर फाइनल मा स्थान पक्का गरेका हुन्। प्रतियोगिताकै सर्वाधिक लामो समय २ घण्टा ४० मिनेट सम्म चलेको खेलमा मेघेन्द्रले ७-६,२-६ र १०-७ को स्कोरमा जित निकालेका थिए ।
सेमिफाइनल प्रवेशका लागि उनको भेट भेट्रान्स नम्बर वान खेलाडी रोहित सुनुवारसँग प्रतिस्पर्धा हुने छ । रोहितले मंगलबार प्रसान्त पन्तलाई ६-० र ६-० को स्कोरमा स्तब्ध पारेका हुन् ।

















