IME Life New

सन नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. ६० लाख रुपैयाँ सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुलाई उद्धार राहत र पुनस्र्थापनामा सहयोग पुर्याउन ६० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्ले मार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ६० लाख रुपैयाँको चेक हस्तान्तरण गरे।

Esewa
Crest

यसका साथै कार्यक्रममा कम्पनीका सञ्चालक शशांक अग्रवाल तथा कम्पनी सचिव विनोद शर्मा पौडेल उपस्थिति थियो। कार्यक्रममा विपद् परी मृत्युवरण भएका मृतकका परिवारजनहरुप्रति गहिरो समवेदना प्रकट गर्दै कम्पनीले मृतकका आत्माको चीर शान्तिको कामना गर्दै घाईतेहरुको शीध्र स्वास्थ्य लाभको कामना गरेको छ।

यस आर्थिक सहयोगबाट कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय विपदको सामना गर्न र पीडित परिवारलाई राहत वितरण तथा पुनस्र्थापनाको कामका थप टेवा पुग्ने विश्वास लिइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS