IME Life New
GBIME

समाज सेवा गर्न रुचाउने सुवास अभिकर्ता बनेर पुन्य कमाउँदै, अवार्ड पाउँदा थपियो हौसला

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा क्षेत्रमा लागेको छोटो समयमै अभिकर्ताका रुपमा परिचित व्यक्ति हुन्, सुवास कोइराला। उनी पेसाले एजेन्सी म्यानेजर हुन्। हाल सुवास सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको इमाडोल शाखामा कार्यरत छन्। उनी बीमा शिक्षा, बीमा जागरण तथा बीमा सचेतना फैलाउनमै व्यस्त रहन्छन्। ‘कसरी मानिसलाई सुरक्षा प्रदान गर्न सकिन्छ भनेर म धेरै समय बीमा बजारमा नै बिताउने गरेको छु’, उनले भने, ‘बीमा सबैको पहुँचमा भइदिए हुन्थ्यो भन्ने हेतुले नै म धेरै ठाउँसम्म बीमा गर्न पुग्छु।’

२०३३ सालमा रौतहटको चन्द्रपुर नगरपालिका ६ मा जन्मिएका सुवासको हाल बसोबास भने ललितपुरको इमाडोलमा रहेको छ। सामान्य बाल्यकाल बिताएका सुवास मध्यम वर्गीय परिवारमा हुर्किए। बिहान–बेलुका घरका सदस्यलाई सहयोग गरेर स्कुले जीवन बिताएका सुवासले बाल्यकाल स्मरण गर्दै भने, ‘मेरो बाल्यकाल खासै सहज थिएनँ। हाम्रो ठूलो परिवार थियो। बुवा शिक्षक हुनुहुन्थ्यो। बुवाको जागिरले हामी धेरै सन्तानलाई भनेजस्तो गरी हुर्काउन त सक्नु हुन्नथ्यो। तर, परिवारमा सबैलाई पढ्नुपर्छ भन्ने प्रेरित चाहिँ बुवा–आमाबाट जहिले पनि हुन्थ्यो। पढ्नका लागि हामीलाई कहिले पनि रोकावट भएन। त्यही कारणले पनि हामीले त्यो बेलाको समयमा पनि राम्रै शिक्षा पाएका हौँ। सानैबाट हामीले मेनहत र परिश्रम गर्न चाहिँ सिकेका थियौँ। आज यसकै उपज होला, जस्तोसुकै परिस्थितिलाई पनि सामना गर्ने आँट आउँछ।’

Crest

सुवासले बीबीएससम्मको अध्ययन पूरा गरेका छन्। एसएलसीसम्मको अध्ययन आफ्नो जन्मथलोबाट नै पूरा गरेर उच्च शिक्षा अध्ययनकै सिलसिलामा उनी सुनौला सपना बोकेर काठमाडौं छिरे। ‘त्यो समयमा गाउँमा एसएलसीपछिको पढाइ कमै ठाउँमा हुन्थ्यो। त्यही कारण पनि एसएलसीपछिको अध्ययनका लागि काठमाडौँ आउने चलन थियो’, उनले भने, ‘पढ्दै गर्दा रोजगारी पनि पाइन्छ कि भन्ने आशा पनि हुन्थ्यो।’

सुवास सिटिजन लाइफमा प्रवेश गर्नुअघि घर व्यवसायी लगानीकर्ता हुन्। अहिले पनि उनले अभिकर्तासँगै आफूले गरिरहेको कामलाई पनि अगाडि बढाउँदै आइरहेका छन्। आफ्नै दैनिकीमा व्यस्त हुँदै आइरहेका सुवास सिटिजन लाइफ इमाडोल शाखाका ब्रान्च म्यानेजर तेजेन्द्र सुवेदीको प्रेरणाले बीमा सेक्टरमा प्रवेश गरेका हुन्। शाखा प्रमुख सुवेदीसँग सुवासको पहिलाबाटै चिनजान थियो। अनि गफगाफ गर्दै जाने क्रममा सुवासले पनि अभिकर्ता पेसाप्रति चासो राखे र शाखा प्रमुख सुवेदीले बीमा क्षेत्रका बारेमा, कम्पनीका पोलिसीलगायतका यावत बीमासम्बन्धी ज्ञान सुवासलाई दिए। सुवेदीले ‘तपाइँलाई बीमा क्षेत्र मन पर्छ भने अभिकर्ता बनेर काम गर्नुस्, तपाइँले गर्न सक्नुहुन्छ। अभिकर्ता पेसा पुन्यको काम हो। यसबाट अरुलाई सेवा गर्न सकिन्छ’ भन्ने सुझाव दिएपछि सुवासलाई पनि समाज सेवामा रुचि भएका कारण हुन्छ गर्नु भन्ने आँट बोकेर लाइसेन्स लिएर सिटिजन लाइफबाट काम गर्न थाले।

सुवास बीमा क्षेत्रमा गत माघबाट मात्रै प्रवेश गरेका हुन्। उनले पहिलो बीमा आफ्नै गरेर सुरु गरे। अभिकर्ता बनेको यो ३ महिनाकै छोटो अवधिमा उनले ३३ वटा भन्दा बढी बीमा पोलिसी बिक्री गरिसकेका छन्। भर्खर–भर्खर यस पेसामा प्रवेश गरेका भए पनि छोटो समयमै उनी यस पेसाबाट सन्तुष्ट रहेको बताउँछन्। बीमा क्षेत्रमा आउनुअघि पनि उनले बीमाबारे सामान्य बुझेका त थिए। तर, बीमा क्षेत्रमा आएपछि बीमाबारे धेरै कुरा जानेको बताए। अभिकर्ता पेसामा लागेको सुरुआती समयमा अभिकर्ता पेसाप्रति गाह्रो भएको महसुस भए पनि शाखा प्रमुख तेजेन्द्र सुवेदी, सिनियर एजेन्सी म्यानेजरद्वय पवित्रा महत विष्ट र राजेन्द्र पन्तको साथ, सहयोग र सपोर्टले गर्दा काम गर्न धेरै हौसला र ऊर्जा मिलेको बताउँछन्।

‘बीमा अभिकर्ता भनेको विशुद्ध सामाजिक भाव भएको पेसा हो’, सुवासले भने, ‘म घर व्यवसायी लगानीकर्ता पनि हुँ। यस व्यवसायमा धेरै ठूलो लगानी हुन्छ तर प्रतिफल पनि आएको बेला राम्रो आउँछ। तर, अभिकर्ता पेसा बिना लगानीमा गर्न सकिने पेसा, त्यही पनि आफ्नो फाइदा त हरेक काम गरेपछि धेरै थोरै प्रतिफल त पाइन्छ तर यस पेसामा आफूलाई भन्दा पनि अरुको जीवनको सुरक्षाका लागि गरिने पेसा भएकाले मलाई यो पेसा धेरै राम्रो लाग्यो। आफूले दुई–चार शब्द बोलेर बीमाका फाइदा र विशेषता बताएर कसैले बीमा गर्छ भने उसको जीवनको सुरक्षा भयो। जोखिम आपत्त विपद पर्दा सहारा भयो। यही कारणले पनि मलाई अभिकर्ता पेसाले आकर्षित गरायो।’

आफू ठूला व्यक्ति अर्थात धेरै आम्दानी भएका व्यक्तिका लागिभन्दा पनि थोरै आम्दानी भएका मानिसलाई बीमामा समेट्नका लागि जोड दिने गरेको सुवासले सुनाए। ‘किनकि धेरै पैसा भएका मानिसका लागिभन्दा पनि थोरै पैसा हुनेका लागि बीमा दुःखको साथी बन्न सक्छ। केही जोखिम हुँदा धेरै पैसा हुनेले त जोखिमको कभर गर्न सक्छन्’, उनले भने, ‘तर, पैसा नहुनेलाई त गाह्रो हुन्छ। त्यसकारण थोरै आम्दानी हुनेहरुले बीमा समयमै गराए भने भोलि अप्ठ्यारो अवस्थामा बीमाले साथ दिन्छ। यो भन्दै गर्दा बीमा पैसा हुनेका लागि काम छैन भनेको होइन तर आम्दानी कम हुनेहरुका लागि चाहिँ सहारा हुन्छ भन्न खाजेको हो। बीमा सबैले गर्न पर्छ। बीमा सबैको लागि अपरिहार्य नै छ। बीमा भनेको मानिसको जीवनमा आधारभूत आवश्यकता गाँस, बाँस र कपासजस्तै चौथो आवश्यकता हो।’

मानिसलाई बीमाको प्रस्ताव राख्दा उनीहरुको आम्दानी, पारिवारिक अवस्था र कस्तो खालको बीमा पोलिसी उनीहरुलाई उपयुक्त हुन्छ भनेर आफूले विचार गरेरमात्रै बिक्री गर्नुपर्ने सुवासको सुझाव छ। अभिकर्ताले बीमा राम्रोसँग बुझाइ आफ्ना हितका लागि नभई बीमितका हितका लागि पोलिसी बेच्नुपर्ने उनी बताउँछन्। ‘यसो गर्दा बीमाप्रतिको विश्वास बढ्दै जान्छ’, उनले भने।

‘पछिल्लो समय नेपालमै हेर्ने हो भने एउटा घरमा दुईजना बूढाबूढीबाहेक मानिस हुँदैनन्’, सुवास भन्छन्, ‘त्यसकारण पनि उमेर छँदै बीमा गरायो भने पछि बीमा नै हाम्रो साहारा बन्छ भनेर बीमा सबैलाई बुझाउने गरेको छु।’

धेरै मानिससँग जोडिन र समाज सेवा गर्न मन लाग्ने भएकै कारण पनि यो पेसाप्रति सुवासको रुचि बढ्यो। ‘अरु पेसामा जस्तो यस पेसामा समयसीमा हुँदैन। फुर्सदको समयमा पनि गर्न सकिने भएकोले अभिकर्ता पेसा राम्रो लाग्यो’, उनले भने।

यो पेसामा लाग्दै गर्दा आफूलाई कामप्रति हौसला र ऊर्जा मिल्दै आएको सुवासले बताउँछन्। ‘बीमा सबैको लागि राम्रो रहेछ, अब धेरैलाई बीमाको दायरामा ल्याउँछु भन्ने आँट जागेको छ’, उनले भने।

अहिले पनि बीमा बुझाइप्रति मानिसहरु धेरै पछाडि नै रहेको सुवाको भनाइ छ। ‘अहिले पनि कतै बीमा प्रस्ताव राख्यो भने यो मरेपछि पाइने पैसा के काम भन्नुहुन्छ तर बीमा भनेको आफू छँदा आफूलाई र आफू नरहँदा परिवारलाई भनेकै हुन्छ र आफ्नै जीवनकालमा बीमा म्याचुरिटी भयो भने त आफू र आफ्नो परिवारलाई नै राम्रो भयो नि’, उनले भने, ‘यस्तो सोच विचार भएका मानिसहरुलाई बीमा बुझाउन सक्यो भने बीमा नै नगरे पनि बुझाइ त फराकिलो हुन्छ। त्यसकारण अन्य देशमा जस्तै नेपाल सरकारले पनि बीमालाई अनिवार्य गर्यो भने बीमाबाट पाइने सुविधा सबैले उपयोग गर्न सक्थे। नेपालमा पनि बाइक कारको बीमा अनिवार्य भएजस्तै जीवन बीमा पनि अनिवार्य भए राम्रो हुन्थ्यो।’

अभिकर्ता पेसामा सफल हुनका लागि धेरै गुण हुनुपर्ने सुवासको भनाइ छ। ‘यस पेसामा धैर्ययता हुनुपर्छ’, एउटा बीमा गर्न पटक–पटक धाएको अनुभव सुनाउँदै उनले भने, ‘बीमा गराउन जाँदा एकै पटकमा बीमा नआउन पनि सक्छ तर फलोअप गरिरहने, नरिसाउने, कम्पनीका पोलिसीबारे ज्ञान लिएर मात्रै जाने, इमान्दिारिता, ग्राहकलाई ठूल्ठूला सपना नदेखाउने, पोलिसीका विषेशता जे हुन् त्यही बताउने, भोलि क्लेम पर्दा वा बीमा म्याचुरिटी हुँदा कम्पनीले गर्न सक्ने कुराहरुमात्रै बीमितसमक्ष बताउने गर्यो भने यो पेसामा सफलता पाउन सकिन्छ।’

बीमा क्षेत्रमा लागेको छोटो समयमै सफलता पाएका सुवासले डायमन्ड क्लबअन्तर्गतको अवार्डसमेत हात पारिसकेका छन्। छोटो समयमै अवार्ड पाउँदा यो क्षेत्रमा लाग्न थप हौसिला मिलेको उनी बताउँछन्।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS