IME Life New

एमबीबीएसमा फेल भएका विद्यार्थीले पनि पाए मौका परीक्षामा सहभागी हुने अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभूवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानले स्नातक तहको परीक्षामा पटक पटक अनुत्तीर्ण भएर अध्ययनलाई निरन्तरता दिन नसकेका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउने भएको छ।

डिनको कार्यालयले सोमबार प्रकाशन गरेको सूचनामा एमबीबीएस, बीडीएस र बीएएमएस शैक्षिक कार्यक्रममा प्रथम वर्षमा भर्ना भएको तर १० वर्ष पूरा नभएका विद्यार्थीलाई एकपटकका लागि मात्र मौका परीक्षामा सहभागि गराउने निर्णय गरेको हो।

Esewa
Crest

डिन कार्यालयका अनुसार एमबीबीएस प्रथम चरण (पहिलो र दोस्रो वर्ष), बीडीएस (पहिलो र दोस्रो वर्ष) र बीएएमएस (प्रथम चरण) शैक्षिक कार्यक्रमको मौका परीक्षा लिने र ब्यारियर आउट भएर परीक्षा स्थगन भएका विद्यार्थीलाई मौका प्रदान गर्न लागिएको जानकारी गराएको छ।

कार्यालयका अनुसार यी शैक्षिक कार्यक्रममा कायम रहेको ब्यारियर सिस्टम (अवरोध प्रणाली)मा परेर ब्यारियर आउट (बाहिरिएका) र २०७६ सालमा सञ्चालित मौका परीक्षामा सहभागी भएका विद्यार्थीले भने मौका परीक्षामा सहभागी हुने अवसर पाउने छैनन्।

इच्छुक विद्यार्थीले आफूले अध्ययन गरेको कलेजमा सम्पर्क गरेर मंसिर ५ देखि १५ गतेभित्र परीक्षा फारम भरेर बुझाउनुपर्नेछ। परीक्षा फारम भर्दा शैक्षिक वर्ष र आफू सम्मिलित भएको यसअघिको परीक्षाको रोल नम्बर उल्लेख गर्नुपर्नेछ। संकलित परीक्षा फारम मंसिर २१ गतेभित्र परीक्षा नियन्त्रण कार्यालयमा पठाइसक्न डिनको कार्यालयले सम्बन्धित कलेजलाई निर्देशन दिएको छ।

कार्यालयका अुनसार परीक्षा आवेदन फारम प्राप्त भएको मितिले १५ दिनभित्र परीक्षा तालिका प्रकाशन गरिनेछ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानले कुनै एउटा विषयमा अनुत्तीर्ण हुने परीक्षार्थीलाई ६ वर्षको अवधिभित्र ४ पटकसम्म मात्र पुनः परीक्षामा सहभागिताको अवसर दिन्छ।

काठमाडौं विश्वविद्यालयले साढे ४ वर्षको अवधिभित्र ६ पटकसम्म पुनः परीक्षामा सहभागी गराउँदै आएको छ। काठमाडौं विश्वविद्यालयले दोस्रो वर्षमा अनुत्तीर्ण हुने विद्यार्थीलाई अध्ययनलाई निरन्तरता दिन बञ्चित गराउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS