IME Life New
GBIME

९ अंकले बढेको शेयर बजारमा कारोबार रकम भने घट्यो

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ९ दशलमव ६६ अंकले बढेर २,६७६ को विन्दुमा कायम भएको छ । आज १५४ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१७ कम्पनीको १ करोड ७३ लाख ८२२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँको शेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४२ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको ३० करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २७ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका हुन् । बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले ५ दशलमव १६ प्रतिशतका दरले कमाएका छन् । सोल्टी होटलका लगानीकर्ताले ४ दशलमव १७ प्रतिशतका दरले कमाएका छन् । ङादी ग्रुप पावरका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरे सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS