काठमाडौं । शेयर बजार बिहीबार (असोज २ गते)बाट खुल्ने भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज एक सूचना जारी गर्दै शेयर बजार असोज २ गतेबाट खुल्ने जानकारी गराएको हो। नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार शेयर कारोबार साबिकबमोजिम सुचारु गरिने नेप्सेले जनाएको छ।
जेनजी आन्दोलनका कारण शेयर बजार भदौ २५ गतेदेखि बन्द रहेको छ।

















