काठमाडौं । आज शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५८ दशमलव ६३ अंकले बढेर २,६८२ को विन्दुमा कायम भएको छ । आज २३८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२८ कम्पनीको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २९ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बिमा कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनकिो ३८ करोड ६८ लाख रुपैयााको शेयर कारोबार भएको छ । युनिभर्सल पावरको १८ करोड ३० लाख रुपैयााको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १८ करोड १६ लाख रुपैयााको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भुगोल इनर्जी र एशियन हाइड्रोका लगानकिर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै प्रभु स्मार्ट फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

















