IME Life New

शेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम भने घट्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ३ दशमलव २१ अंकले बढेर २,५६५ को विन्दुमा कायम भएको छ । आज १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३२७ कम्पनीको ७९ लाख ४७ हजार ५८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६२ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै साहस ऊर्जाको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ३२ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २६ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै शाइन रेसुङगा डिबेञ्चर र बन्दीपुर केबलकारका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । माबिलुङ र सागर डिष्टिलरीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै नेपाल एसबिआई डिबेञ्चर २०८३ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ९ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS