IME Life New

आज शेयर बजारमा भारी वृद्धि, कारोबार रकम २० अर्ब माथि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ८० दशमलव ७९ अंकले बढेर २,९७३ को विन्दुमा कायम भएको छ । आज २३६ कम्पनीको शेयर भाउ बढेको छ भने १४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१९ कम्पनीको ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७१ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६८ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन इन्स्योरेन्सको ५६ करोड माथिको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ५१ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै ट्रेड टावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका छन् । शिवम् सिमेन्टका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सान्भी इनर्जीका लगानीकर्ताले लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्तका लगानकिर्ताले ९ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एलबिबिएल डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३ दशमलव ९४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS