IME Life New

शेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर सामान्य घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १० दशमलव ५० अंकले घटेर २,७८५ को विन्दुमा कायम भएको छ । आज ८९ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको घटेको छ ।

आज दिनभरिमा ३२१ कम्पनीको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बलेफि हाइड्रोपावरको कारोबार भएको छ । यस कम्पनीको ३४ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावरको २७ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २४ करोडको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै माया खोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ७४ प्रतिशतका दरले कमाएका छन् । सानिमा लार्ज क्याप फन्डका इकाईधनीले ४ दशमलव ३२ प्रतिशतका दरले कमाएका छन् । नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले ३ दशमलव ६६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै केबिएल डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ९ दशमलव ४८ प्रतिशतका दरले गुमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS