IME Life New

शेयर बजारमा गिरावट, कारोबार रकम साढे ११ अर्ब माथि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज शेयर बजार नेप्से परिसूचक १२ दशलमव ०४ अंकले घटेर २,६६१ को विन्दुमा कायम भएको छ । आज ९६ कम्पनीको शेयर मूल्य बढेको छ भने १५० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१५ कम्पनीको ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ६५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७८ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माई हाइड्रोपावरको ६५ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । युनिभर्सल पावरको ५७ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । छ्याङदी हाइड्रोपावर र ओम मेगाश्रीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS