IME Life New

शेयर बजारमा सामान्य गिरावट, कारोबार रकम ५ अर्ब ९४ करोडमा सीमित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ० दशमलव ३३ अंकले बढेर २,६०० को विन्दुमा कायम भएको छ । आज ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३११ कम्पनीको १ करोड ३७ लाख ५९ हजार ६०४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीको कारोबार भएको छ । आज यस कम्पनीको ५३ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ३६ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको २४ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै मोदी इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । तेह्रथुम पावरका लगानीकर्ताले ९ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् । पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताले ७ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् । त्रिशुली जलविद्युतका लगानीकर्ताले ७ दशमलव ६२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ५१ प्रतिशतका दरले गुमाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS