काठमाडौं । आज शेयर बजारमा सामान्य गिरावट आएको छ । आज शेयर बजार नेप्से परिसूचक ९ दशमलव ७० अंकले घटेर २,७६७ को विन्दुमा कायम भएको छ । आज ५९ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२३ कम्पनीको १ करोड ५२ लाख ६६ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २० करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको २५ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २१ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । चन्द्रगिरी हिल्सको १९ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै विकास हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । चन्द्रगिरी हिल्सका लगानीकर्ताले ७ दशमलव ४२ प्रतिशतका दरले कमाएका छन् । एबिएल डिबेञ्चर २०८६ का इकाईधनीले ७ दशमलव १४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ०३ प्रतिशतका दरले गुमाएका छन् ।

















