IME Life New

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम साढे २६ अर्ब नाघ्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १८ दशमलव ४४ अंकले घटेर २,९६४ को विन्दुमा कायम भएको छ । आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८६ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३२३ कम्पनीको ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर किनबेच हुँदा २६ अर्ब ५७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब २ करोडमाथिको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ८८ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ८५ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै समता घरेलु लघुवित्त वित्तीय संस्था र ट्रेड टावरका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सान्भी इनर्जीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । लुम्बिनी विकास बैंकका लगानीकर्ताले ८ दशमलव ४७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबेभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ६ दशमलव ३४ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS