IME Life New

शेयर बजारमा ३९ अंकको गिरावट, कारोबार रकम ४ अर्ब ६६ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३९ दशमलव ४४ अंकले घटेर २,७४४ को विन्दुमा कायम भएको छ । आज १३ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २५१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३३८ कम्पनीको १ करोड ६ लाख ७८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १८ करोड ९ लाख रुपैयााको शेयर कारोबार भएको छ । रिडी पावरको १७ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै धौलागिरी लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । एसबिएल डिबेञ्चरका इकाईधनीले ५ दशमलव ५३ प्रतिशतका दरले कमाएका छन् । एनआइबिएल समृद्धि फन्ड २ का इकाईधनीले ३ दशमलव ४९ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया डिबेञ्चरका इकाइएनीले ३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले १२ दशलमव ४० प्रतिशतका दरले गुमाउका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS