IME Life New

शेयर बजारमा २६ अंकको गिरावट, कारोबार रकम ७ अर्ब नाघ्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २६ दशमलव ५१ अंकले घटेर २,६४९ को विन्दुमा कायम भएको छ । आज ४५ कम्पनीको शेयर मूल्य बढेको छ भने २११ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४२ कम्पनीको १ करोड ५७ लाख ३६ हजार ३७२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जोशी हाइड्रोपावरको २१ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्रिन भेञ्चरको २१ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै सागर डिष्टिलरीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । निफ्रा ग्रिन इनर्जी डिबेञ्चरका इकाइधनीले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगरका लगानीकर्ताले पनि ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनएमबि डिबेञ्चर २०९० का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS