IME Life New

शेयर बजारमा २२ अंकको गिरावट, कारोबार रकम ३ अर्ब १० करोडमा सीमित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २२ दशमलव ५८ अंकले घटेर २,५०५ को विन्दुमा कायम भएको छ । आज ४० कम्पनीको शेयर मूल्य बढेको छ भने २०६ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१८ कम्पनीको ७६ लाख ११ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १० करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २० करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १३ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको ९ करोड माथिको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव ९३ प्रतिशतका दरले कमाएका हुन् । एनआइसी एशिया ब्लोन्स फन्डका इकार्यधनीले ५ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै समाज लघुवित्त र विन्ध्यावासीनी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS