IME Life New
GBIME

झिनो अंकले घट्यो शेयर बजार, कारोबार रकम ५ अर्ब ६३ करोड

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५ दशलमव ५७ अंकले घटेर २,६७० को विन्दुमा कायम भएको छ । आज ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १३१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२१ कम्पनीको १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राद्यी विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ३५ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्स कम्पनीको ३० करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको २९ करोड २२ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरे नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका हुन् । मेच्छियाम हाइड्रोपावरका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । ङादी ग्रुप पावरका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS