IME Life New

शेयर बजारमा वृद्धि कायमै, कारोबार रकम भने घट्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ४ दशमलव ८३ अंकले बढेर २,७६६ को विन्दुमा कायम भएको छ । आज १०१ कम्पनीको शेयर मूल्य बढ्दा १४९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२२ कम्पनीको ९२ लाख ४३ हजार २३२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४८ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २१ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १९ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १६ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै विकास हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । एनआरएमका लगानीकर्ताले ८ दशमलव ६१ प्रतिशतका दरले कमाएका छन् । नारायणी डेभलपमेन्टका लगानीकर्ताले ७ दशमलव २८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कुमारी सबल योजनाका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३ दशमलव ६६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS