काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ६ दशमलव ५५ अंकले घटेर २,७१९ को विन्दुमा कायम भएको छ । आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१७ कम्पनीको १ करोड २७ लाख १ हजार ९७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १४ करोडको शेयर कारोबार भएको छ । हिजोको तुलनामा कारोबार रकम भने वृद्धि भएको हो ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । विन्ध्यावासीनी हाइड्रोपावरको १९ करोड माथिको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १७ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिम स्टार ऊर्जाका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । विन्ध्यावासीनी हाइड्रोपावरका लगानीकर्ताले ६ दशमलव ०७ प्रतिशतका दरले कमाएका छन् । माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका हुन् । उपकार लघुवित्तका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै बराही हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ३ दशमलव ८३ प्रतिशतका दरले गुमाएका हुन् ।

















